मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण
मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी

फाइल तस्बिर : नयाँ पत्रिका

प्रायः बाह्रै महिना जाडो हुने हिमाली जिल्ला मनाङमा अधिक चिसो बढ्न सुरु भएको छ । विशेषगरी मंसिर, पुस र माघमा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ ।

हिमपातले हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मनाङले पूर्वतयारीको योजना बनाएको छ । त्यसका लागि स्थानीय तह, सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

‘हिमपातबाट प्रभावित हुन सक्ने जिल्लाका चार गाउँपालिकाको सम्भावित स्थान पहिचान गरेका छौँ,’ आचार्यले भने, ‘हिमपातबाट जिल्लामा विभिन्न समस्या आउन सक्छन्, त्यस्तो अवस्थामा थप कार्यायोजना बनाएर अघि बढेका छौँ ।’

चिसो तथा हिमपातबाट मनाङको माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, हुम्डे, पिसाङ, नार, फू, ढिकुरपोखरी, चामेदेखि तल्लो भाग तिमाङ, दानक्यु र बगरछापलगायत क्षेत्र बढी प्रभावित हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ ।

See More On

सुझावित समाचार