पाँच सयले बढ्यो सुनको मूल्य

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. पाँच सयले बढेको छ। बुधबार प्रतितोला रु. ९७ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९८ हजार एक सय तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार एक सय थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु. ४० ले बढेर रु. एक हजार तीन सय ३० पुगेको महासंघले जनाएको छ।

सुझावित समाचार