डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पन्छाए पनि ट्युनिसियाको ढोका खुलेन

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई हराए पनि ट्युनिसिया घर फर्किएको छ । 

समूह चरणको अन्तिम खेलमा आज अविश्वसनीय खेल खेल्दै ट्युनिसियाले फ्रान्सविरुद्ध १–० को जित निकाल्यो । तैपनि अन्तिम १६ मा पुग्न भने ट्युनिसिया असफल भयो । 

फ्रान्सबाट महत्वपूर्ण ३ अंक खोसेपछि ट्युनिसियाको चार अंक भयो । तर, सोही समूहको एउटै समयमा भएको अर्को खेलमा डेनमार्कलाई १–० गोलले हराउँदै अस्ट्रेलियाले पनि महत्वपूर्ण तीन अंक हासिल गर्याे । 

सो जितपछि अस्ट्रेलियाको ६ अंक भयो र ऊ उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्याे । यो समूहबाट ट्युनिसियासँगै डेनमार्क पनि बाहिरियो । डेनमार्कले तीन खेलबाट जम्मा एक अंक बटुल्यो ।

सुझावित समाचार