विश्वकपका खेल महिला रेफ्रीले हाँक्दै

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

कतारमा जारी विश्वकप फुटबल महिला रेफ्रीहरूले खेलाउँदै छन्। पुरुष विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्रीहरूले खेलाएर इतिहास कायम गर्दै छन्। 

विश्व फुटबल महासंघ (फिफा)का अनुसार बिहीबार मध्यरात हुने जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्री मैदानमा देखिनेछन्। 

सो खेलको प्रमुख रेफ्री स्टेफनी फ्रापार्ट हुनेछिन्। उनलाई सहायक रेफ्रीहरू नेउजा ब्याक र करेन डियाजले साथ दिनेछन्। 

पुरुष विश्वकपकै इतिहासमा पहिलोपटक महिला रेफ्रीलाई निर्णायकको जिम्मेवारी दिने निर्णय यसैपटक भएको हो। 

सुझावित समाचार