झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन्। कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् निर्वाचित भएका हुन्। 

ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए। ओली २०४८ सालबाट निरन्तर यो क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।

उनी ०६४ सालमा मात्र पराजित भएका थिए। ओलीले ०७४ मा पनि डा. अधिकारीलाई नै पराजित गरेका थिए।

सुझावित समाचार