मोरङका तीनवटा निर्वाचन क्षेत्रको मतगणना दिउँसो १ बजेबाट हुने

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङका तीनवटा निर्वाचन क्षेत्रको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु हुने भएको हो ।

तीनवटै निर्वाचन क्षेत्रको मतगणना विराटनगरको आर्दश माविमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । मोरङ निर्वाचन क्षेत्र नम्बर १, २, ३ को मतगणना जारी छ ।

See More On

सुझावित समाचार