मोरङको मतदान केन्द्रमा बम विस्फोट, मतदान स्थगित

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मतदान केन्द्रमा बम विस्फोट भएपछि  मतदान कार्य स्थगित भएको छ। 

बुढीगंगा गाउँपालिका १ करैया गाउँमा रहेको  करैयादेवस्थल मन्दिरमा रहेको मतदानस्थलको एउटा केन्द्रमा बिहान साढे १० बजे तिर धमाधम मतदान भइरहेको समयमा अचानक बम विफस्ट भएपछि सुरक्षाका लागि  मतदान कार्य स्थगित भएको हो।

थारु र मुसहर समुदायको बाक्लो बसोवास रहेको यो मतदान स्थलमा जम्मा  दुई वटा मतदान केन्द्र मात्र छन्। बम विस्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन। बम विस्फोटपछि मतदान स्थलको सुरक्षा कडा पारिएको र केही बेरपछि मतदान कार्य सुचारु हुने मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालालले बताए। 
 

सुझावित समाचार