बहालवाला मन्त्री कारबाहीमा : चौधरीलाई २५ हजार, खापुङलाई पाँच हजार जरिवाना

शनिबार, ३ मंसिर, २०७९
डिजिटल संस्करण

आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई बहालवाला मन्त्रीलाई कारबाही गरेको छ। सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य मन्त्री भवानी खापुङलाई कारबाहीस्वरुप आयोगले जरिवाना गराएको हो।

आफ्नो क्षेत्रमा बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित गरेको कसूरमा निर्वाचन आयोग ऐन दफा २३ (३)अनुसार मन्त्री चौधरीलई २५ हजार रुपैयाँ जरिवान गरिएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए। 

यसैगरी, मन्त्री खापुङलाई आचारसंहिता लागू भएपछि कर्मचारी सरूवा गरेको कसूरमा ५ हजार जरिवाना तथा विभागीय कारवाहीका लागि सिफारिस गरिएकाे आयाेगले जनाएकाे छ।

सुझावित समाचार