मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २८ सोमबार २३:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिविका अनुसन्धानमा बजेट ल्याए पनि काम हुन सकेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २८ सोमबार २३:१८:००

त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अनुसन्धान गर्ने प्रवृत्ति कम रहेको देखिएको छ । विश्वविद्यालयले अनुसन्धानका लागि बजेट उपलब्ध गराउन प्रस्ताव आह्वान गर्दा पनि कम चासो रहेको पाइएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले अनुसन्धानका लागि विश्वविद्यालयमा बजेट ल्याए पनि त्यसअनुसारको काम नभएको गुनासो गरे । 

त्रिवि समन्वय महाशाखाले सोमबार आयोजना गरेको कार्यक्रममा उनले अनुसन्धान केन्द्र र अरू निकायबाट लक्ष्यअनुसार काम नहुँदा फेरि बजेट माग्नसमेत समस्या हुने स्थिति आएको बताए । कुनै समस्या भएमा सहजीकरणका लागि विश्वविद्यालय तयार रहेको उपकुलपति बाँस्कोटाले बताए । 

प्राध्यापकहरूले अनुसन्धानमा खर्च गर्ने प्रावधान कडा भएकाले रकम खर्च हुन नसकेको गुनासो गरेका थिए । त्रिविका अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. प्रेमसागर चापागाईंले अनुसन्धानमा अनुदान उपलब्ध गराउँदा पनि कमले मात्र प्राप्त गरेको बताए । 

विश्वविद्यालयको नीति, अनुसन्धान तथा गुणस्तर प्रत्यायोजन विषयक कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा अनुसन्धान गर्न विश्वविद्यालयले प्रस्ताव आह्वान गर्दा जम्मा १३ वटा विभागले मात्र सहभागिता जनाएका छन् । 

विश्वविद्यालयमा ४० भन्दा बढी केन्द्रीय विभाग र चारवटा अनुसन्धान केन्द्र छन् । विश्वविद्यालयले लघु अनुसन्धानका लागि दिने अनुसन्धान वृत्तिसमेत उपत्यका केन्द्रित मात्र छ । तथ्यांकअनुसार ६६ प्रतिशत लघु अनुसन्धान वृत्ति उपत्यकामा मात्र वितरण भएको छ ।