बझाङ अटोरिक्सा दुर्घटना : मृतकको संख्या चार पुग्यो

सोमबार, ३० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बझाङको बुंगलमा अटोरिक्सा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।

घटनास्थलमा तीनजनाको शव फेला परेकोमा थप खोजीका क्रममा बुंगल नगरपालिका– १० का अन्दाजी चार वर्षीय रियास महराको शव फेला परेको प्रहरीले जनाएको छ।

यसअघि सोही स्थानकी अन्दाजी ३५–४० वर्षीया राजमती महरा, १५–१६ वर्षीया तारा महरा र ५–६ वर्षीया डल्ली महराको शव भेटिएको थियो।

सोमबार बिहान करिब १०ः२० बजेको समयमा टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल हुँदा सडकबाट अन्दाजी नाै सय मिटर तल भिरमा खसेको थियो।

अटोमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार