१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिङ्देन प्रधानमन्त्री बन्ने गरी राप्रपालाई भोट दिनुस् : मनीषा कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

चर्चित अभिनेत्री मनीषा कोइरालाले सोमबार हेटौँडा १३ पदमपोखरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी हटौँडा नगर कमिटीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेकी छिन्। दुई मिनेट जति बोलेकी मनीषाले राप्रपाका उम्मेदवारलाई मत दिएर जिताउन मतदातासँग आग्रह गरिन्। 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी अभियानलाई नेतृत्व गरेकोले आफूलाई मन परेको प्रतिक्रिया दिँदै उनले देशलाई माया गर्नेहरूले लिङ्देनलाई साथ दिनुपर्ने बताएकी थिइन्। 

‘देशमा भ्रष्टाचाररूपि क्यान्सर लागेको छ। देशलाई भ्रष्टाचारी क्यान्सरबाट कसरी जोगाउने? अब हामीले सोच्नुपर्ने वेला आएको छ।’ लिङ्देनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुबराबर हो भनेको कुरा स्मरण गराउँदै आफूलाई लिङ्देनको कुराले प्रभावित पारेको मनीषाले बताइन्। 

उलने राप्रपाले बिपीको विचारलाई पछ्याएको दाबी पनि गरिन्। बिपीले राजा र कांग्रेसको घाँटी जोडिएको छ भनेको सुनाउँदै राप्रपाले राजासहितको प्रजातन्त्रको नेतृत्व गर्ने भएकाले लिङ्देनलाई प्रधानमन्त्री बनाउने गरी राप्रपाका उम्मेदवारलाई जिताउन मनीषाले आग्रह गरिन्।