मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १७:३२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जाडोलाई लक्षित गरी सिजीले ल्यायो माइडिया ब्रान्डका घरायसी सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २८ सोमबार १७:३२:००

जाडोयामलाई मध्यनजर गर्दै चौधरी ग्रुपले माइडिया ब्रान्डको विभिन्न किसिमका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ। 

माइडियाले जाडोमा जीवन सरल र सहज बनाउन पानी तताउने केटल, कोठा न्यानो बनाउन ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पिटिसी सेरामिक हिटर बजारमा ल्याएको हो।

नवीन प्रविधिद्वारा उत्पादित यी सामानहरू गुणस्तरीय, भरपर्दो र समयअनुकूल रहेका कम्पनीले जनाएको छ। चौधरी ग्रुप नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूको आधिकारिक वितरक हो।