Skip This
उम्मेदवारको आश्वासन शिक्षा, स्वास्थ्य र सडक, मतदाताको माग सुलभ मूल्यमा मल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ कार्तिक २८ सोमबार ११:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवारको आश्वासन शिक्षा, स्वास्थ्य र सडक, मतदाताको माग सुलभ मूल्यमा मल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार ११:५४:oo

मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवार पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन् । उम्मेदवारको घरदैलोमा स्थानीय किसानले भने मल नपाएको गुनासो गरेका छन् ।

अहिले देशभरका उम्मेदवार आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौडधुप गरिरहेका वेला भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी चटारो राम्रै देखिन्छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार मतदाताको घरघरमा पुगेर आफूले जिते सडक, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतको व्यवस्था गरिदिने भन्दै पुरानै आश्वासनका साथ मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुप छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आधार क्षेत्रका रूपमा चिनिने यस क्षेत्रमा पार्टी केन्द्रीय सचिव प्रेम सुवाल दोस्रो कार्यकाका लागि मैदान छन् भने सत्तागठबन्धनबाट सुनिल गोठे र नेकपा (एमाले) बाट नवराज गेलाल मैदानमा हुनहुन्छ । गत निर्वाचनमा नेमकिपाका सुवालले ३३ हजार ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बाबुबाजा जोशीले १७ हजार आठ सय १८ मात्रै मत प्राप्त गरेका थिए भने वाम गठबन्धनका मिलन सुवालले १५ हजार तीन सय ७४ मत प्राप्त गरेका थिए ।  यो निर्वाचनमा पनि सत्तागठबन्धन र एमालेसामु नेमकिपा प्रमुख चुनौती देखिए पनि उम्मेदवारहरूले यसपटक मतदाता नयाँ पार्टी रोज्ने बताउँदै चुनावी मैदानमा होमिएका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा चारजना स्वतन्त्रसहित कुल १४ जना उम्मेदवार मैदानमा छन् । प्रदेश सभातर्फ भने क्षेत्र–१ (ख) नेमकिपाकै प्रभाव क्षेत्र देखिए पनि क्षेत्र १ (क) मा भने अवस्था कमजोर छ । क्षेत्र १ (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं दोस्रो कार्यकालका लागि मैदानमा छन् भने क्षेत्र १ (क) मा नेमकिपाका मीनबहादुर बाटा मैदानमा छन् । क्षेत्र १ (क) मा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका सुरेश श्रेष्ठ, एमालेबाट मोहनवीर श्रेष्ठलगायत १८ जना मैदानमा छन् । उनीहरू प्रायः सबैले नगरकोट सडकखण्ड स्तरोन्नतिको कामदेखि स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने भन्दै मतदानसामु हारगुहार गर्दै आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

यता, उमेदवारहरू पुरानै आश्वासन लिएर मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रचारप्रसारमा जुटिरहेका वेला यस क्षेत्रका स्थानीय किसानले भने मल नपाएको दुःखेसो गरेका छन् । भेटिएको अधिकांश मतदाताहरूले सबैजसो दल र उम्मेदवारहरूप्रति वितृष्णा व्यक्त गर्दै धान रोप्ने समयमा नपाएको मल गहुँ लगाउने मध्य सिजनमा समेत नपाएको गुनासो गरेका छन् ।

भक्तपुरका किसानले हाल बजारमा रासायनिक मल प्रतिबोरा २७ सय रुपैयाँसम्म तिर्न बाध्यता रहेकाे बताएका छन् । कतिपय किसानले पैसा तिर्दासमेत मल पाउन नसकेको दुःखेसो गरेका छन् ।