१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २८ सोमबार ११:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रायमाझीले जिते सिटी एक्सप्रेसको दसैँ–तिहार योजनाको बम्पर उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार ११:o१:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको ‘विदेशबाट सिटी आयो, दसैँ–तिहारलाई गोल्डेन बनायो’ नामक योजनाअन्तर्गत मेगा बम्पर उपहार पाँच तोला सुन साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले जितेका छन् । कम्पनीले भदौ १५ गतेदेखि ६३ दिन सञ्चालन गरेको योजनामा रायामाझीले बम्पर उपहार जितेका हुन् ।

 योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनालाई एक तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर अन्तिममा एकजनालाई बम्पर उपहारका लागि छनोट गरेको कम्पनीले उल्लेख गरेको छ । जसअनुसार एक हजार आठजनाले दैनिक उपहार, नौजनाले साप्ताहिक उपहारका रूपमा १० तोलाका दरले चाँदी र दुईजनाले मासिक उपहारअन्तर्गत एक तोलाका दरले सुन जितेको जनाइएको छ ।   

सिटी एक्सप्रेसले आन्तरिक विप्रेषणअन्तर्गत देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।