१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक २८ सोमबार ०६:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तिब्बतसँग जोडिएको नाका खोल्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २८ सोमबार ०६:५१:००

 माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका छन् । आइतबार उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग जोडिएका नाकाहरू खोल्न चीनसँग छलफल गर्ने आश्वासन दिएका हुन् । गोरखा १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईं र (ख) का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न प्रचण्ड गोरखा पुगेका हुन् । 

तिब्बतसँग जोडिएका गोरखाको रुइला र ङुइला नाका लामो समयदेखि बन्द अवस्थामा छन् । सडक सञ्जाल नपुगेको चुमनुब्री गाउँपालिकाका स्थानीय तिब्बतबाट खाद्यान्नलगायत सामग्री आयात गर्दै आइरहेका थिए । तर, तीन वर्षदेखि नाका बन्द हुँदा सीमापारिको बजारबाट चामल, नुन, घिउ, तेल, चिनी, खुर्सानी, सिमेन्टलगायत सामग्री आयात ठप्प छ ।

छेकम्पारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बेनीघाट–आरुघाट–सिर्दिवास–चुम्चेत–छेकम्पार–ङुइला भञ्ज्याङसम्मको उत्तर–दक्षिण लोकमार्गका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए । ‘उत्तरी गोरखाको भूगोल र यहाँका जनतासँग धेरै परिचित छु, यहाँका समस्या समाधान गर्न लागिपर्नेछौँ,’ उनले भने । गोरखा १ का उम्मेदवार बजगाईंले पार्टी फरक भए पनि गठबन्धन विकासका लागि एक ठाउँमा रहेको बताए । यहाँका जनताको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न र यस क्षेत्रको विकास गर्न गठबन्धन लागिपर्ने उनको भनाइ छ ।