१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format २o:१२:oo
Read Time : < 1 मिनेट
समाचार

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१२:oo

गएराति बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा बैतडीकाे सेल्तडामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको डिलासैनी गाउँपालिका– १ सेल्तडाका ६६ वर्षीय हरि लुहार छन्। 

हरिको गएराति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार भूकम्प जाने वेला घरभित्रै रहेका ती वृद्धकाे बाहिर भाग्ने क्रममा मृत्यु भएको हो।

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्चस्वरूप रु २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए। गएराति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो। रासस