१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा नानो युरिया मलको बिक्री सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ। नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले बिक्री सुरु गरेको हो। 

आइतबार एक कार्यक्रमका बीच भारतका पूर्वकेन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रूपमा नानो युरिया मल नेपालमा बिक्री वितरण सुरु भएको घोषणा गरे।

इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले उत्पादन गरेको सो मललाई ‘सिजी–आइएफएफसिओ’ नाम दिइएको छ। सो मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिने जनाइएको छ। 

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नेपालमा नानो युरिया मल भित्र्याइएको बताए। नानो प्रविधिमा आधारित नानो युरिया सूक्ष्म तरल मल भएको बताइएको छ। यसले विरुवाको वृद्धि विकासका लागि आवश्यक पर्ने पोषक तत्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ। 

नानो युरिया मललाई पातबाट छर्किने जानकारी दिइएको छ। १ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिने कम्पनीले जनाएको छ। बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुईपटक छर्किनुपर्ने बताइएको छ।