१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यातायात प्राधिकरण बनेपछि सवारी दुर्घटना न्यूनीकरण हुँदै जान्छ : मेयर बालेन्द्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका छन्। 

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन्। 
 
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकललगायतका दुईपाङ्ग्रे सवारीसाधनको चाप बढेको उल्लेख गर्दै मेयर साहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरूबीच बिस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए। 

‘हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ। जसअन्तर्गत सबैखाले भेहिकल्स एउटै छातामा आएर काम गर्ने, जसले गर्दा कम्पिटिसन रहँदैन। सबैले बराबर सेयर पाउने भएपछि कम्पिटिसन हट्छ। रिङरोडमा दुई सयवटा गाडी भए पुग्ने रहेछ,’ उनले भने, ‘तर, हामीले रुट परमिट जतिलाई पनि दिइरहेका छौँ। अल बिल पास भएको छ। हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौँ। एक्सिडेन्ट हुनेबित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भइरहेको छ । ती सबै काममा हामी लागिपर्छौँ।’