मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
रासस याउण्डे
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यामरुनले भ्रष्टाचारमा ६७ मिलियन डलर गुमायो

Read Time : < 1 मिनेट
रासस, याउण्डे
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

क्यामरुनले गत वर्ष भ्रष्टाचारबाट करिब ४४ अर्ब रकम (करिब ६७ मिलियन अमेरिकी डलर) गुमाएको क्यामरुन भ्रष्टाचार विरोधी आयोगले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

यो रकम सन् २०२० को तुलनामा २६ अर्ब क्यामरुनको रकमभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार स्वास्थ्य, शिक्षा, वित्त, सडक, यातायात र प्रादेशिक प्रशासन क्षेत्रहरू सबैभन्दा बढी भ्रष्ट भएकाले प्रहरी र स्थानीय सरकारी अधिकारीहरू सबैभन्दा खराब भ्रष्टाचारी देखिएका छन्।

‘भ्रष्टाचारविरुद्ध लड्नका लागि अहिलेसम्म विभिन्न प्रयासहरू भएका छन्। तर, हामीले हाम्रो रणनीतिलाई अगाडि बढाउन आवश्यक छ। यो सत्य हो कि भ्रष्टाचारविरुद्ध लड्न र सार्वजनिक कोषको व्यवस्थापन जाँच गर्ने सन्दर्भमा जनताले आफ्नो जिम्मेवारीप्रति सचेत भइरहेका छन् तर अधिकारीहरूले पनि त्यसका निम्ति काम गर्न आवश्यक छ,’ आयोगका अध्यक्ष डाएउडोन मासी गाम्सले बताएका छन्।