१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदीपको प्रश्न- ईश्वर पोखरेललाई भोट हाल्ने आधार के ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं–५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको बताएका छन्। 

कााठमाडौं क्षेत्र न ५ का उम्मेदवारसमेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धी पोखरेलले पटक–पटक अवसर पाए पनि काम गर्न नसकेको बताए।  

‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहन्छु। तपाईंले अवसर पाउनुभयो, एकपटक होइन पटक-पटक तर तपाईंले केही पनि गर्न सक्नुभएन,’ पौडेलले भने। 

पौडेलले शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र नभएर नेता पोखरेलले विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोप लगाए।  

‘नगरेको मात्र होइन, तपाईंले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो,’ उनले भने, ‘त्यसकाराण तपाईंको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस्। हामीलाई अवसर दिनुस्। हामी ती प्रतिबद्धताहरू पूरा गरेर देखाउँछौँ।’ 

उनले आफ्नो निर्वाचन क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरूलाई आफूले युवाहरूको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे।

स्वतन्त्रहरूले वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै आएको तर आफूहरूले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको उनको तर्क थियो। 
 
‘स्वतन्त्र उम्मेदवार साथीहरूलाई म भन्न चाहन्छु। तपाईंहरूले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो। तपाईंहरूलाई स्यालुट गर्न चाहन्छु । म यो पनि भन्न चाहन्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरू पार्टीमा पनि छन्,’ उनले भने। 

निर्वाचनका वेला आफूलाई विपक्षीले टुरिस्ट उम्मेदवार रहेको हल्ला फिँजाएको भन्दै त्यसप्रति स्पष्ट पारेका छन्। उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको स्पष्ट पारे।