
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइहेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।