१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक २५ शुक्रबार १८:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अबको मुख्य सवाल दिगो विकास र स्वदेशमै रोजगारी : प्रदीप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १८:११:oo

कांग्रेसका युवा नेता प्रदीप पौडेलले अबको मुख्य सवाल दिगो विकास रहेको बताएका छन्।

शुक्रबार काठमाडौंको टोखा नगरपालिका वडा नं ६ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं–५ को प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका नेता पौडेलले सो कुरा बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचनपछि राजनीतिक अवस्थालाई परिवर्तन गरि सुव्यवस्था कायम गर्ने, दिगो विकास कायम र स्वदेशमै रोजगारीलगायतका सवाल मुख्य हुने बताए।

‘आजको मुख्य सवाल हो बिग्रँदो राजनीतिक अवस्थालाई परिवर्तन गरी सुव्यवस्था कायम गर्ने,’ नेता पौडेलले भने, ‘अबको मुख्य सवाल हो दिगो विकास र स्वदेशमै रोजगारी।’

त्यसैगरी विश्वका विभिन्न सफल मानिसहरुको उदाहरण दिँदै उनले हाम्रो परिचय आ–आफ्नो कर्मबाट बनाउनुपर्ने बताए।

‘हामी कुन गाउँबाट आयौँ कुन ठाउँबाट आयौँ, त्यो मुख्य सवाल होईन, यस्ता कुरा कुनै काम नगर्ने ले बहाना बनाउने हो, काम गर्ने ले जहाँ गएर नी काम गर्न सक्छ, सन्तोष साहले बिबिसी सेफमा चर्चा कमाएर सिङ्गो देशको इज्जत राख्नुभयाे। अमेरिकी उप राष्ट्रपति कमला ह्यारिसले लगाउनु भएको कोट नेपाली फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गर्नु भएको कुराले संसारभरि चर्चा भयो । हामी अहिले ग्लोबल सिटिजन भएर बाँचेका छौँ, त्यसैले हामीले हाम्रो परिचय हाम्रो कर्मले बनाउने हो,’ उनले भने ।

त्यसैगरी नेताहरूले राजनीतिमा के कति कामहरू गरेको कुरा जनताको मन जित्न सक्यौँ वा सकेनौँ भन्ने कुराले निर्धारण गर्ने बताए ।

‘हामीले राजनीतिमा पनि के कस्ता काम गर्यौँ, जनताको मन जित्न सक्यौँ, सकेनौँ भन्ने कुराले निर्धारण हुन्छ ।’ उनले भने, ‘काम गर्न कसले सक्छ त्यो तपाईंले हेर्ने विषय हो, कसको प्रतिबद्धता के थियो र कति पूरा भयो भन्ने आधारमा मूल्यांकन गर्ने हो । उसले उठाएका मुद्दा के कस्ता छन् हामीले त्यो हेर्ने हो ।’

त्यसैगरी आफूसँग बालबालिकाको लागि राम्रो शिक्षा, युवाको लागि रोजगारी र वृद्धवृद्धाका लागि राम्रो स्याहार केन्द्रकाे व्यवस्थासहितका एजेन्डा रहेको उनले बताए।