मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Saturday, 19 July, 2025
समाचार डिजिटल संस्करण

बारको चेतावनीपछि हच्कियो अख्तियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार २o:१५:oo

नेपाल बार एसोसिएसनको चेतावनीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हच्किएको छ। आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको स्पष्टीकरण दिएको छ। 

विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई नेपाल बारले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै स्पष्टीकरण दिएको हो।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको  विज्ञप्ति भनिएको छ, ‘स्वतन्त्र न्यायापालिकाको अवधारणाप्रति सदाझै अविचलित रहने हुँदा आयोगबाट ७२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिन सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ।’ 

नेपाल बार एसोसिएसनले अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी अभिव्यक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चेतावनी दिएको थियाे।  

विशेष अदालतमा दायर गरेका अधिकांश मुद्दा असफल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा गरेको पुनरावलोकन र अदालततर्फ लक्षित गरेर दिएको अभिव्यक्तिप्रति नेपाल बारले आपत्ति जनाएको हो।