मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २४ बिहीबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकको च्याटबट सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २४ बिहीबार ०६:०५:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’ सुरु गरेको छ । बैंकले आफ्ना सेवा डिजिटलाइज्ड गर्ने क्रममा यो सेवा सुरु गरेको हो । 

यस सेवामार्फत ग्राहकले कुनै पनि बैंकिङ सेवाको अनुरोध सीधै च्याटबट सेवाद्वारा गर्न सक्ने जनाइएको छ । साथै, ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि यस प्लाटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकका लागि अझ सहज, सुरक्षित र विश्वसनीय हुनेसमेत बैंकले जनाएको छ । 

बैंकले हाल देशभरमा एक सय ८० शाखा, एक सय ३३ एटिएम र ९६ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।