१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विराटनगरका उद्योगी–व्यापारीले गरे कालो पोसाक लगाएर विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:४९:oo

बैंकको चर्को ब्याजदर असुल्न थालेको विरोधमा बुधबार विराटनगरमा उद्योगी–व्यापारीहरूले मौन विरोध जुलुस प्रदर्शन गरेका छन्। बैंकहरूले असुली रहेको दोहोरो अंकको ब्याजदर अझै घटाउन नमानेको भन्दै बुधबार विराटनगरमा उद्योगी–व्यापारीले कालो पोसाक लगाएर कालो ब्यानरसहित बृहत् मौन जुलुस प्रदर्शन गरेका हुन्। 

मोरङ व्यापार संघको परिसरमा प्रदर्शन गरिएको मौन विरोध जुलुसमा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ समिति र मोरङ व्यापार संघमा आबद्ध पदाधिकारीसहित उद्योगी व्यापारीहरू सहभागी भएका थिए। 

निजी क्षेत्रका वाणिज्य बैंकहरूले दोहोरो अंकको मनमौजी रूपले असुल्न थालेको चर्को ब्याजदर एक अंकमा नझारेसम्म आन्दोलनलाई अझै कडा बनाउँदै लैजाने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। बैंकहरूले चर्को ब्याज असुलेको भन्दै मंगलबार नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ समितिले पनि सरकार, राष्ट्र बैंक र वाणिज्य बैंकलाई ज्ञापनपत्र बुझाएको थियो।  
 

ad
ad