१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

२२६ रुपैयाँले बढाएर सरकारले तोक्यो धानको समर्थन मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १४:o६:oo

सरकारले धानको समर्थन मूल्य तोकेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आर्थिक वर्ष ०७९/८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नाै सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । 

अघिल्लिो वर्षको तुलनामा यस वर्ष मोटा धानको एक सय १५ रुपैयाँ र मध्यम धानको दुई सय २६ रुपैयाँले बढेको छ । न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट धान खरिद हुने व्यवस्था छ ।

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको कृषि मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने प्रवक्ता सन्जेलले जानकारी दिए ।

कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई एक सय १२ रुपैयाँ प्रतिक्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको छ । गत वर्ष यस कार्यक्रमअनुसार करिब नाै हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरिएको छ ।

ad
ad