
नकवजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी दाङ घोराही उपमनपा– १५ का १९ वर्षीय शुभम केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएका प्रहरी टोलीले सोमबार घोराहीबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालत दाङले एक वर्ष पाँच महिना चार दिन कैद सजाय ठहर गरेको थियो । २३ माघ ०७६ मा भएको फैसलालगत्तै उनी फरार थिए । खोजीमा रहेको प्रहरीले उनलाई घोराहीबाट पक्राउ गरेको हो । सजाय भुक्तान गर्न उनलाई अदालत पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।