१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

धनुषामा चुनाव प्रचारमा प्रयोग भएका भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३७:oo

धनुषामा पनि दल तथा उम्मेदवारले चुनावी प्रचारमा भारतीय नम्बरप्लेटका गाडी प्रयोग गर्दै आएका छन् । हालसम्म प्रहरीले भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर सचेत गराई छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक क्षेत्रीले चुनाव प्रचारप्रसारमा प्रयोग भएका भारतीय नम्बर प्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडेको बताए ।

‘स्वतन्त्रदेखि ठूला पार्टीका उम्मेदवारले प्रचारप्रसारमा भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरेका छन् । हामीले त्यस्ता २६ गाडी नियन्त्रणमा लिएर आइन्दा आचारसंहिता उल्लंघन नगर्ने सर्तमा छाडिदिएका छौँ,’ उनले भने । 

ad
ad