१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ५ शनिबार १३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मंसिर ४ पछि देउवाकै नेतृत्वमा सरकार  बन्छ : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:४८:oo

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्। ९१ स्थानमा एक्लै चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेस सबैभन्दा ठूलो दल बन्ने र आगामी सरकारको नेतृत्व गर्ने प्रवक्ता महतले बताए।

‘प्रत्यक्षतर्फको १६५ सिटमध्ये ९१ सिटमा एक्लै कांग्रेसले प्रतिस्पर्धा गरिरहेको छ। स्वाभाविक रूपमा गठबन्धनका कारण नेपाली कांग्रेसका उम्मेदवारहरू अधिकांश स्थानमा विजयी हुन्छन् र नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ,’ नेपाली प्रेस युनियन मकवापनुरले मंगलबार बिहान हेटौँडामा गरेको पत्रकार सम्मेलनमा महतले भने।

लोकतन्त्र र संविधान रक्षाको लागी एकैठाउँमा उभिएका दलहरूले नै आगामी सरकार बनाउने महतको भनाइ छ। उनले सरकारको नेतृत्व भने कांग्रेसले गर्ने र कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गरे। माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेको हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले प्रचण्डको दाबीको बारेमा जानकारी नभएको बताए।

‘ठूलो दलको नेताको हैसियतले आगामी सरकारको नेतृत्व कांग्रेसका सभापति देउवाले गर्ने स्पष्ट छ,’ महतले भने, ‘सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धनमा कुनै छलफल, सहमति भएको छैन। तर, कहिी कतै भाषण गर्ने क्रममा प्रचण्डजी स्वयं र माआवादीका नेताहरूले भनेको भए थाहा भएन।’

पाँच वर्षअघि पनि चुनावमा वाम–गठबन्धन भएको स्मरण गराउँदै प्रवक्ता महतले नेतृत्व सही नहुँदा सरकार पूरा चल्न नसकेको र एकजुट भएको कम्युनिस्ट पार्टी तीन टुक्रा भएको बताए।

वर्तमान गठबन्धन कसैलाई हराउन नभई लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको जिकिर उनले दोहोर्‍याए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले देखाएको असहिष्णु व्यवहारले व्यवस्थामाथि नै संकट देखिएपछि गठबन्धन गर्नुपरेको उनले स्मरण गराए।

ad
ad