मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार १४:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एरोलिडर्स ट्राभल्स एन्ड टुर्सको सेवा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १४:१३:oo

एरोलिडर्स ट्राभल्स एन्ड टुर्सले अब नेपालसहित दुबई र अमेरिकाबाट पनि यात्रा तथा पर्यटनसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ।

विगत दुई वर्षदेखि यात्रुलाई सहज, सुरक्षित र स्मरणीय सेवा दिँदै आएको एरोलिडर्सले दुबईस्थित दिसुदा टुरिजमा एलएलसीमार्फत सेवा विस्तार गरेको हो।

दुबईमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय पर्यटक तथा क्षेत्रीय साझेदारहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ। दुई वर्षदेखि दुबईकेन्द्रित सेवा दिइरहेको ट्राभल्स कम्पनीले नेपालबाट समेत औपचारिक सेवा दिइरहेको छ।

अमेरिकामा बसेर व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय दिलीप नेपालीले सञ्चालन गरेको ट्राभल्सको नेपाल, दुबई र अमेरिकाको मेरिल्यान्डमा सम्पर्क कार्यालय छ।

अबदेखि दुबईबाट नेपाल र विश्वका विभिन्न देशका गन्तव्यहरूलाई जोड्ने सेतुको रूपमा काम गर्दै यात्रु तथा पर्यटकलाई सेवामा निरन्तर समर्पित रहने ट्राभल्सका अध्यक्ष नेपालीले बताए।