मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
२o८२ असोज २ बिहीबार १६:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई दिए बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १६:१५:oo

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो ।

भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए ।

साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ ।

जेन–जेड आन्दोलनपछि कार्की गत २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।