१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २१ सोमबार १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी फन्डाबाट मतदाता प्रभावित हुनुहुँदैन : ईश्वर पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १७:५३:oo

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावका वेला अनेक पात्रहरूले सिर्जना गर्ने फन्डाबाट प्रभावित नहुन मतदाताहरूलाई आग्रह गरेका छन्।

‘कसले के भन्छ भन्दा पनि जनतासमक्ष कसरी चिनिएका छौँ भन्ने मुख्य कुरा हो,’ सोमबार मतदाता घरदैलो कार्यक्रममा पोखरेलले भने, ‘हामी जे हौँ, जनतासमक्ष खुलस्त छौँ। जनताको पक्षमा काम गर्न क्रियाशील छौँ। कुनै पनि चुनावी फन्डाबाट जनता प्रभावित हुनुहुँदैन।’

एमालेको काम जनताले देखेको भन्दै पोखरेलले चुनावमा जनताले कामका आधारमा मूल्यांकन गर्ने बताए। पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको र अब पनि नगर्नेमा ढुक्क हुन मतदाताहरूलाई आग्रह गरे।