मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Wednesday, 02 September, 2026
२o७९ कार्तिक २१ सोमबार ११:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाउँमा सिंहदरबार नारामा होइन, व्यवहारमा पुर्‍याउँछौँ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार ११:५३:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन्। कांग्रेसलाई विजयी गराए ‘गाउँमा सिंहदरबार’ नारामा नभई व्यवहारमा पुर्‍याउने उनको प्रतिबद्धता छ।

संविधान कार्यान्वयन नहुँदै संंघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता परिवर्तनका विषय ठीक छैन भन्दै देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजिएको भन्दै उनले मतदातालाई सचेत रहन अपिल गरे। काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नेता सिंहले भने, ‘के हामी सधैँ राजनीतिक अस्थिरतामा बस्ने ? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो।’

राजनीतिक स्थिरता कायम गर्दै जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेन्डा नै अबको प्राथमकिता भएको उनको भनाइ छ। ‘संविधान आएपछिको पहिलो आमचुनावमा कांग्रेस कमजोर बन्दा संविधानको कार्यान्वयन हुन सकेन। यसपटकको चुनावमा कांग्रेसलाई बलियो बनाउनुस्। संविधानको पूर्ण कार्यान्वयन गर्नेछौँ। गाउँमा सिंहदरबार नारामा होइन व्यवहारमा पुर्‍याउनेछौँ ।’