मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ कार्तिक १९ शनिबार ०९:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक भारतीय र चार नेपाली नागरिक लागूऔषध सहित पक्राउ

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १९ शनिबार ०९:५२:००

सिरहाको विभिन्न स्थानबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित एक जना भारतीय र चार जना नेपाली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय माडरले प्रतिबन्धित लागूऔषध गाँजा सहित भारतको मधुवनी जिल्ला मधुवनी ग्रामपंचायत ६ का २४ वर्षीय उपेन्द्र कुमार साफीलाई पक्राउ गरेको छ । 

भारतीय नागरिकको साथबाट १ किलो ७० ग्राम प्रतिबन्धित गाँजा बरामद भएको छ ।  पिबी१०सीसी ३८१९ नम्बरको मोटरसाईकलमा भारततर्फ लैजाँदै गर्दा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।  सिरहा नगरपालिका–१९ सोहर्वामा पक्राउ परेका भारतीय नागरिक साफीको साथबाट प्रहरीले भारतीय नम्बरको सीम २  थान, नेपाली रुपैयाँ ३ हजार २ सय समेत बरामद गरेको छ ।

यस्तै प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध सहित सिरहा र लहानबाट थप चार जनालाई पक्राउ गरेको छ । माडर प्रहरीले प्रतिबन्धित नाईट्राभेट ट्याब्लेट  ५ पत्ता (७५ पिस), स्पोमो प्रोक्सिभोन १३ पत्ता (१०४ पिस) र कोरेक्स १ सय एमएलको २५ बोतल सहित मिर्चैया नगरपालिका–८ मझौवाका २२ वर्षीय जागेश्वर यादवलाई पक्राउ गरेको छ।

यस्तै ईलाका प्रहरी कार्यालय लहानले प्रतिबन्धित नाईट्राभेट–१० ट्याब्लेट  ६० पत्ता (९०० पिस), प्रदेश २–०१–००२ प ८५२ नम्बर भएको मोटरसाईकल र चार थान मोबाईल सहित लक्ष्मीपुर पतारी गाउँपालिका–३ का दुजे यादव र सोही ठाउँका २७ वर्षीय सुरेश कुमार यादवलाई लहानको जेएस मुरारका क्याम्पस नजिकैबाट पक्राउ गरेको छ । 

लहान प्रहरीले नाईट्राभेट–१० ट्याब्लेट १८ पत्ता (२७० पिस) सहित लहान नगरपालिका–१७ का २८ वर्षीय इन्दल रामलाई गोविन्दपुरको झुलुङे पुल नजिकैबाट पक्राउ गरेको हो । पक्राउ गरिएका पाँच जनालाई लागूऔषध मुद्दामा अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए।