१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार १७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तोसिमाको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्व भ्याकेट निवेदन दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार १७:२७:००

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ।

उक्त अन्तरिम आदेश बदर गर्न माग गर्दै आयोगले शुक्रबार अपराह्न सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता एवं उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए। लाभको पदमा बहाल रहेकाले उम्मेदवार बन्न अयोग्य हुने आयोगको निर्णयविरुद्ध कार्कीले दिएको रिटमा सर्वोच्चले १५ कात्तिकमा उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो।