१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनपछि पनि कांग्रेस नेतृत्वकै सरकार बन्छ : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:५o:oo

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई निसंकोच मतदान गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। 

अहिलेको निर्वाचन प्रतिगमनविरुद्ध केन्द्रित रहेको बताउँदै प्रवक्ता महतले कुनै संकोच नमानेर सत्तागठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन्। 
 
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ४ मंसिरमा हुने निर्वाचनपछि पनि कांग्रेस नेतृत्वको सरकार बन्ने जिकिर गरे। ‘नेपाली जनताले कांग्रेस नेतृत्वकै सरकार चाहेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी छ,’ उनले भने। 

दिगो विकास, स्थायित्व, संविधानकाे रक्षा र समृद्धिका लागि कांग्रेसले जित्न आवश्यक रहेको उनको भनाइ थियो। कांग्रेसबाहेक देशको विकास गर्ने क्षमता अन्य दलमा नभएको बताउँदै उनले कांग्रेसले हारे देशले हार्ने ठोकुवा गरे। 

उनले यो र त्यो पार्टी नभनी सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ‘असन्तुष्टिलाई बिर्सेर सत्तागठबन्धन दलका उम्मेदवारको पक्षमा मतदान गर्ने दायित्व आमकांग्रेस नेता, कार्यकर्ताको हो,’ उनले भने। 

ad
ad