१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार ११:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुक्तिनाथमा राष्ट्रपतिबाट भगवान् विष्णु प्रस्तर मूर्तिको शिलान्यास

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार ११:०७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान् विष्णु प्रस्तर मूर्तिको शिलान्यास गरेकी छिन् । शुक्रबार भण्डारीले शिलान्यास गरेको मन्दिर गैरआवासी नेपाली संघका पूर्वअध्यक्ष शेष घले र पूर्वउपाध्यक्ष सोनाम लामाको संयुक्त लगानीमा बन्न लागेको हो । 

गुरुयोजनाअनुरूप भगवान् विष्णुको ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि संघका पूर्वअध्यक्ष  घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन्  । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिब नौ करोड रुपैयाँ लाग्‍ने आकलन रहेको छ । विष्णुको मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण गरिरहेको आयोजकले जनाएको छ । 

साथै , राष्ट्रपति भण्डारीले भगवान् गौतम बुद्धको ३५ फिट अग्लो मूर्ति पनि अनावरण  गरेकी छिन्। बुद्धको मूर्ति पाटन औद्योगिक क्षेत्रमा तयार गरेर मुक्तिनाथमा लगेर स्थापना गरिएको संघका उपाध्यक्ष लामाले बताए । बुद्धको मूर्ति करिब ६ करोड रुपैयाँ लगानीमा बनेको छ । मुक्तिनाथ मन्दिरनजिकैको रानीपौवामा यी संरचना बनाइएको छ । समुद्र सतहबाट करिब तीन हजार सात सय सय १० मिटर उचाइमा रहेका बुद्धमूर्ति र रिसोर्टबाट तीन सय ६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।