मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Tuesday, 18 August, 2026
२o७९ कार्तिक १७ बिहीबार १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेका दुई बन्दीले पाए मताधिकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १५:२३:oo

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन्। 

नेपालगन्ज उपमहानगरपालिकाका दुई बन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजंग शाहले जानकारी दिए। उनले निर्वाचन आयोगले माग गरेबमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुईजनाको मात्रै आएको जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले अन्तिम नामावलीमा दुईजना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरूले अस्थायी मतदाताका रूपमा मताधिकारको प्रयोग गर्न पाउने जानकारी दिइन्। 

उनले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार ६ सय ३१ जनाले अस्थायी मतदाताका रूपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने  बताए।