१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इमानदार भएर काम गर्न मातहतका निकायलाई बालेनको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमानदार हुनुपर्ने उनको भनाइ छ। 

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणासमेत राखेका छन्। जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरूले बाधा अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर साहले बताए।

‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरु फेरि मेलमिलापमै समाधान हुन्छन्। स–साना केसहरू चाहिँ ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ। त्यो हुनुहुन्न। एकदमै जघन्य अपराध भएका कुराहरूलाई पनि हामीले मेलमिलाप गरेर सल्टयाई दिन्छौँ। त्यस्तो हुुनुहुँदैन। त्योचाहिँ जुन अदालतमै जानुपर्ने, जुन एकदमै जघन्य अपराधमा पर्छ,’ बालेनले भने, ‘जसका लागि सजाय नै हुुनुपर्दथ्यो। त्यस्ता चिजहरूमा मेलमिलाप हुनुहुँदैन। त्यस्ता चिजहरूलाई सम्बन्धित निकायमै लैजानुपर्ने हुन्छ। यो केसमा कुनै पनि किसिमको भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन। त्यही भएर हामी स्वच्छ हुनुपर्दछ। हामी आफैँ इमानदार हुनुपर्दछ। हामी स्थानीय सरकार भएको हुनाले हाम्रो ठाउँ र नगरप्रति बफादार भयौँ भने यसले निकै राम्रो काम गर्नेछ।’