मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विना र योगेशलाई आयोगले सोध्याे स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

कञ्चनपुर– १ की प्रतिनिधिसभा सदस्यका उम्मेदवार विना मगरलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले नेकपा माओवादी केन्द्रका तर्फबाट गठबन्धनकी उम्मेदवार मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोधेको हो। 

मगरले निर्वाचन क्षेत्रअन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत हुने गरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको जनाएको छ। 

यस्तै, आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई सष्टीकरण सोधेको छ। आयोगले भट्टराईलाई पनि २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो। 

भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरजङ्‍घा गाउँपालिका– ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको जनाएको छ।