१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

टुकुचाको संरक्षण गर्न अध्ययन समितिको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:३३:oo

काठमाडौं उपत्यकाको मध्यसहरबाट बग्ने टुकुचा (इछुमती) खोला संरक्षण गर्नुपर्ने पुरातत्व विभागद्वारा गठिन ‘टुकुचा अध्ययन समिति’ले सुझाव दिएको छ । समितिले करिब एक महिना लगाएर गरेको अध्ययन प्रतिवेदनले टुकुचामा बनेको संरचना प्राचीन भएको फेला परेको जनाएको छ । 

गत बिहीबार विभागलाई प्रतिवेदन पेस गर्दै समितिले उक्त संरचना संरक्षण गर्न सुझावसमेत दिएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचाको जय नेपाल हलदेखि कमलादीसम्म करिब पाँच सय मिटर भागमा बनेको टुँड भत्काउन नहुने समितिको सुझाव छ ।

टुकुचाको शिरदेखि पुछारसम्म गरिएको अध्ययनले कमलादी क्षेत्रमा बनाएको टुँड राणाकालीन भएको निष्कर्ष निकालेको छ । यसअघि महानगरले टुकुचाको मिचिएको भाग खाली गराउने भन्दै चार स्थानमा भत्काएको थियो । उच्च अदालत पाटनको ‘स्टे अर्डर’पछि महानगर उक्त कदमबाट पछि हटेको थियो ।

त्यसयता महानगर टुकुचा व्यवस्थित पार्नेबारे मौन छ । पुरातत्व विभागले दसैँअघि नै पुरातत्व अधिकृत भास्कर ज्ञवालीको संयोजकत्वमा अध्ययन टोली खटाएको थियो । सो टोलीले गरेको अध्ययन प्रतिवेदनले टुकुचा संरक्षण गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

ad
ad