मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १४ सोमबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु :  मिलन पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १४ सोमबार १६:१५:००

विवेकशील साझाका नेता तथा काठमाडौं ९ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मिलन पाण्डेले अहिले पनि प्रतिगमनविरुद्ध लडेको बताएका छन्। उनले आसन्न निर्वाचनमा आफ्नो लडाइँ विधिको शासनका निम्ति र प्रतिगमनविरुद्ध रहेको बताएका हुन्। 

आज नैकापमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले विगत लामो समय उनले पार्टीभित्र प्रतिगमनविरुद्ध लड्नुपरेको र अहिले फेरि यो क्षेत्रमा पनि प्रतिगमनकै विरुद्ध लडिरहेको बताए। 

संविधान मिच्दा र संसद् विघटन हुँदा कृष्णगोपाल श्रेष्ठले प्रतिगमनको समर्थन गरेको र नागरिकको मतको अपमान गरेको उनको भनाइ थियो। उनले ओम्नी काण्ड हुँदा, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा उनको मौनता स्मरण गर्न मतदातालाई आग्रह गरे। 

काठमाडौं ९ बाट उम्मेदवारी दिएका पाण्डेले अहिलेको निर्वाचन योग्य युवा र वर्षौँ राजनीतिलाई दोहन गरिरहेको प्रवृत्तिबीच मुख्य लडाइँ रहेको बताए। 

उनले भने, ‘वर्षौँदेखि चुनाव जित्ने, तर जनताको मनोभावना र चाहना हार्ने प्रवृत्ति देखिएको छ।  त्यसलाई तोड्नको निम्ति संसदमा नीतिगत बहसमा चासो राख्ने र विभिन्न तवरले काम गर्दा आफ्नो विवेक र इमानले काम गर्न सक्ने उदाहरणीय संसद् बन्न योग्यता राख्ने उम्मेदवारले जित्नुपर्छ।’

पाण्डेले गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, योग्यता, क्षमताअनुसारको रोजगारी र सरकारीको सेवाको होम डेलिभरी गर्नेजस्ता विषयलाई नीतिगत हिसाबले संसदमा उठाउनुपर्ने बताए।