१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १४ सोमबार ११:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आचारसंहिता उल्लंघनकर्ताको सम्पूर्ण विवरण सार्वजनिक गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १४ सोमबार ११:०३:००

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने भएको छ ।आचारसंहिता उल्लंघनमा धमाधम स्पष्टीरकण सोधिरहेको आयोगले अब व्यक्तिको विवरण सार्वजनिक रूपमा बाहिर ल्याउने नीति लिएको हो । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले १२ असोजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका वेला आयोगले उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने निर्णय गरेको हो । 

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले आचारसंहिताबमोजिम अनुगमन गर्दा वा गराउँदा कसैले उल्लंघन गरेको पाइएमा आयोगले उल्लंघनकर्ताको नाम–नामेसीसहितको विवरण सार्वजनिक गर्ने बताए ।