१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी साता हल्का हिमपात र वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४५:oo

आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विशेष साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। 

विभागका अनुसार अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ।