१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Monday, 07 July, 2025
२o७९ कार्तिक ११ शुक्रबार o८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा आठ हजारकाे डेंगु परीक्षण गर्दा दुई हजार पजिटिभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार o८:३३:oo

चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पजिटिभ आएको छ। 

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र ६ सय २९ महिला छन्। चार सय ५४ संक्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगु संक्रमणबाट तीनजनाको ज्यान गएको छ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगु संक्रमित भरतपुर महानगरपालिकाका छन्। भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। 

यस्तै, खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगु देखिएको केसीले बताए। इच्छाकामना गाउँपालिकामा हालसम्म आठजनामा डेंगु संक्रमण पुष्टि भएको छ। अझै केही समय डेंगु संक्रमण हुन सक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ। रासस