१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जिम्बाबेसँग हारेपछि पाकिस्तान संकटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४६:oo

अस्ट्रेलियामा जारी आइसिसी टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले दोस्रो हार व्यहोरेको छ। जिम्बाबसँग अन्तिम बलमा खेल गुमाएपछि पाकिस्तान दुई खेल सकिँदा अंकविहीन हुन पुगेको छ। 

पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३० रन बनाएको थियो। एक सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय २९ रन मात्र बनाउन सक्यो।

पाकिस्तानलाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो। यस्तोमा पाकिस्तानले आठ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा अन्तिम चार बलमा पाकिस्तानले एक रन बनाएर दुई विकेट गुमाएसँगै खेल पनि गुमाएको हो। 

आजको खेल हारेपछि पाकिस्तान आफ्नो समूहमा अंकविहीन हुँदै पुछारबाट दोस्रो स्थानमा रहेको छ। कप्तान बाबर आजम आज पनि चल्न सकेनन्। नौ बल सामना गरेका बाबरले केवल चार रन बनाए। 

अर्का ओपनर मोहम्मद रिजवानले १६ बलमा १४ रन बनाउँदा सान मसुदले ४४ रन बनाएर पाकिस्तानको इनिङ सम्हाल्ने कोसिस गरेका थिए। तर, अर्को साइडमा लगातार विकेट खसेपछि उनी पनि अधैर्य हुन पुगे र विकेट गुमाए। 

भारतसँगको खेलमा अर्धशतक बनाएका इफ्तिकर अहमदले आज जम्मा पाँच रन बनाए। बलिङतर्फ मोहम्मद वसिमले चार विकेट र शादब खानले तीन विकेट लिए। पहिले ब्याटिङ गरेको जिम्बाबेको तर्फबाट पनि ब्याटिङमा राम्रो प्रदर्शन हुन सकेको थिएन। उसका लागि सिएन विलियम्सले सबैभन्दा बढी ३१ रन बनाएका थिए।