१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रौतहट ४ मा त्रिपक्षीय भिडन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o५:oo

रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा र प्रदेश सभामा त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ। एकातिर, प्रतिनिधिसभाका लागि सत्तागठबन्धनका तर्फबाट पूर्वसांसद देवप्रसाद तिमल्सिना मैदानमा छन्। अर्कोतिर, एमाले र जसपाको गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी मैदानमा छन्। यही क्षेत्रमा कांग्रेसका अजयकुमार साहले स्वतन्त्र उम्मेदवारी कायम राखेका छन्। 

यो निर्वाचन क्षेत्रको प्रदेश सभा क र ख मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनका तर्फबाट माओवादीका युवराज भट्टराई, एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ र एमालेका अखिलेश्वर चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै, रौतहट ४ को प्रदेश सभा ‘ख’ तर्फ नेकपा एमाले जसपा गठबन्धनका तर्फबाट प्रदेश सभा पूर्वसदस्य अब्दुलकलाम आजाद, सत्तागठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मोहमद सतार र स्वतन्त्रबाट रवि जयसवाल र जयनाथ यादव मैदानमा छन्। 

यहाँ पनि सत्तागठबन्धनलाई चुनौती दिँदै एकीकृत समाजवादीले आफ्नै चुनावचिह्नबाट ४ को ‘क’मा उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई यहाँ पनि सकस परेको छ। 

ad
ad