Skip This
बंगलादेशलाई ५० मेगावाट बिजुली बेच्दै नेपाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बंगलादेशलाई ५० मेगावाट बिजुली बेच्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३५:oo

बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। प्रधानमन्त्री शेख हसिना र बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री हसिनाले सो विषय जानकारी गराएकी हुन्। 

सन् २०४० सम्म बंगलादेशले कुल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ। बंगलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ।

शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बंगलादेशस्थित नेपाली दूतावासले जनाएको छ।

सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताएका थिए। 

प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बंगलादेशको स्वतन्त्रताका संग्राम नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताइन्। 

उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बिबिआइएन’मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिएकी थिइन्। 

बंगलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गरे। 

राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बंगलादेशस्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।