१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लक्ष्मीपूजाको साँझ १३०५ मेगावाट विद्युत् खपत 

२०० मेगावाट विद्युत खेर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:२२:oo

लक्ष्मीपूजाको साँझ नेपालभर विद्युतकाे माग १३०५ मेगावाट पुगेको छ। सोमबार (लक्ष्मीपूजाको दिन) साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सोबराबर पुगेको हो।

हिन्दुहरूको पर्व तिहारको लक्ष्मीपूजामा झिलिमिली बत्तीलगायतका विद्युतीय बत्तीहरू उच्च मात्रामा बाल्ने गरिन्छ। घर, कार्यालय, व्यावसायिक भवनलाई झिलिमिली बत्ती बालेर सजाइन्छ। फलस्वरूप विद्युतको खपत पनि उच्च हुन्छ। 

नेपालमा लोडसेडिङ भएको वेला नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन झिलिमिली बत्ती नबाल्न आग्रह गर्थ्याे। तर, अहिले विद्युत् पर्याप्त भएपछि तिहारमा झिलिमिली बत्ती बाल्न आग्रहसमेत गरेको थियो। सोअनुसार यो समयमा हुने विद्युत् खपतको छुट्टै महत्व छ। 

यद्यपि, यो समयमा बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाहरू तिहारकै कारण बन्द छन्। त्यसकारण अहिले हुने विद्युत् खपत अघिपछिभन्दा भने कम नै हो। 

अहिले निजीक्षेत्रको आयोजनाबाट ७६७.५ मेगावाट, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको आयोजनाबाट ४८२ मेगावाट, प्राधिकरणको आयोजनाबाट ४३५ मेगावाट विद्युत् उत्पादन भएको छ। 

त्यसमा ३८० मेगावाट भने भारतमा निर्यात भइरहेको छ। त्योबाहेक २०० मेगावाट विद्युत् खेर गएको प्राधिकरणको भनाइ छ। 

ad
ad