१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हरिशरण खनाल काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लक्ष्मीपूजा गरेको केहीबेरमै लोलाङ हाइटमा भीषण आगलागी

Read Time : < 1 मिनेट
हरिशरण खनाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:४४:oo

तारकेश्वर नगरपालिका वडा नं. ४ स्थित लोलाङ हाइटमा भीषण आगलागी भएको छ। आगलागीबाट जुत्ता कारखाना, जुत्ताको सोरुम, रेस्टुरेन्ट र मोटरसाइकल वर्कसपमा ठूलो क्षति पुगेको छ। 

लक्ष्मीपूजाको साँझ जुत्ता कारखानाका मालिक र उनका छोराले पूजा गरेर बाहिर निस्किएको केही समयमै आगलागी भएको स्थानीय मनीष थापाले बताए। 

बालाजु प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। 

‘साँझ ६ः२० तिरदेखि सुरु भएको आगलागी भर्खर (साँझ ८ बजे) नियन्त्रणमा आएको छ,’ विष्टले भने, ‘भर्खरै आगलागी नियन्त्रणमा आएको हुनाले क्षतिको विवरण आइसकेको छैन।’ 

उनले क्षतिको यकिन विवरण दिन नसकिए पनि ठूलै क्षति भएको हुन सक्ने बताए।

 


 

ad
ad